मलाई विश्वास छ, मेरो ब्लगले नेपालको समसामाहिक बिषयलाई छुदै, राम्रो कुराको प्रचार गर्छ अनि बिकृतिहरुलाई तपाईहरुको सामु सरल ढंगमा पर्दाफाश गर्दछ| "मेंन मीडिया" भन्दा अलि फरक, मेरै सैलिमा यो हो "सजिलो नेपाल ब्लग"[सजिलो नेपाल = नेपालमा जे कुरा पनि सजिलो तरिकाले होश भने आशामा] औनुस हामी दुबैमिली नेपालको बिकासमा हात मिलाउ..... धन्यवाद!!! सबस्क्रिईब गर्नुहोस RSS by Email

आज फेरी बन्द, कसको के, के को लागि पतै पईन | तर आफुलाई एकदम टेन्सन पर्यो 'मेरिज' (तासको खेल के ) को खाल चाही रमाइलो सरको घरमा, तेत्रो टाडा कसरी जाऊ? ओहो बुढानिलकण्ठबाट कलंकी सम्म कसरी जाने बा ? आपत पर्यो मलाई ! छोरोको साइकलमा जानु पर्ला भनेर सोचे, तर १० बर्षे छोरोको फुचे साइकलले मेरो बोसे जिऊ के धान्ला र होइन र ?


अब मेरिजको खाल छोड्ने पनि कुरा आएन, तेसैले जे पर्ला पर्ला भन्दै छोरोको साइकलमा बोसे भुडी हलौदै हिडे म त | जसो तेसो स्या-स्या गर्दै महाराजगंज चोक पुगे, तेह त ओह हो, "तरुनो लिगका" भारा भुरीले रोके | कता हिडेको ? आज बन्द किन हिडेको?, ओर्ली ओर्ली नत्र दन्कैदिम ? मैले पनि आफु भित्र भाको ४०% कमरेडी पन निकाले (अब ४०% वोट पाको नि त हाम्रो नया नेपालमा) | तेही तल सभामा , कमरेडको भासण सुन्न भन्दै निच्च बतीस देखाए | ए हाम्रै पार्टीको मान्छे रैछ जान दे भने सहमति भो , तेही बेला अर्को उपबुज्रुको प्रश्न आयो, अनि ID खै हेरुम ? ये त्यो त घरमै छुट्यो ! त्येसो भए गएर लेरौनुस, होइन भाई आज जान देउन हो भनेर प्रतिउत्तर गरे ?

कामरेड भनेको माने ल , नत्र ..... (यो सुने बितिकै मेरो सातो पुत्लो उड्यो , अनि लुरु लुरु हावा फुस्केको साइकल डोरौदै घर तिर लागे)

मलाई यो "कामरेड भनेको माने ल , नत्र....." भने सुन्योकि थर थर हुन्छ | अब जन-युध सुरुहुनु अगाडी के भन्थे कामरेड हामीलाई "संविदान सभाको निर्वाचन" चाहियो नत्र ... पछि " देश गढ़तान्त्रिक हुनु पर्यो " नत्र... अनि अहिले हेर्नुस त त्यो बेला "नत्र" भनेको मानेको भए हजारौ नेपाली मारिनु पर्थ्यो र ? लाखौ बिस्थापित हुनु पर्थ्यो र?

अब यो सबै हुदा हुदै पनि कामरेडहरुको हावा कसले फुस्काए भन्दा "सैनिक भाईहरुले", कामरेड PM ले भन्नुभो "यो नगर, त्यो नगर " | नत्र कि सत्र, सर्वचको आदेश त कुतन्त्र तपाइको नत्र न सत्र , फुतंत्र भन्दै कामरेडहरुको हावा फुस्कौनु भो| (नेपत्यमा लाजिम्पाट दरबारको घन्टी बजी रहेको हुन्छ)

अहिले फेरी नत्र तन्त्र चल्न थालेको छ |

हाम्रो माग पुरा गर नत्र भन्दा भन्दा , नत्र भाग १ , भाग २ अनि भाग ३ पनि सकी सक्यो अब नत्र भाग ४को पर्खाईमा छौ हामी |

हुदा हुदा हाम्रो "माकुनेले" पनि जन्मेको नाल देखिको शक्ति निकाली भन्छ " कामरेड भनेको माने ल, नत्र...."

नत्र के ?

श्री-लंकाको LTTE जस्तो हविगत बनाई दिउला!! ओह हो क्या बोले बा, सबैको रौनै थर थर भयो| माकुने तिमीलाई थाह छ , श्रीलंकामा के के भाको थियो ? कति मान्छे मरे ? देशको हालत अहिले कस्तो छ थाह छ ?? एउटा सचा देशभक्त नेपालीले एस्तो कुरा कहिले सोच्न सक्दैन , मलाई लाग्छ तिमीमा एक थोपा पनि नेपाली अनि नेपालको माया छैन| तिमीलाई माया छ त, सिर्फ आफ्नो कुर्सिको | माया गर्थौ भने नेपाललाई तेस्तो भयेंकर दुर्घटनामा पुराउने सोच्दापनि सोच्दैन थियो होला|

ओ, दानव रुपी नापुंग्सकहरु हो , कति नेपाली जनतालाई एक अर्कामा लडाई आफ्नो स्वार्थ पूर्ति गर्छौ ? कति बेला सम्म हामी नेपालीलाई भ्रममा पर्छौ? तिमीहरु सबैलाई नचिनेको हो र? आजै यो "बिद्रोह गर्छु" अनि "सबैलाई सखाप पर्छु" भनेर तिमीहरु फेरी नेपाल आमालाई किन रूहौन चाहन्छौ?? एउटा युगलाई त तहस नहस गरौ अब अर्को युग त नाबिगार!!

यो मेरो नेपालका सबै राजनीति नेताहरु, सैनिक भाई-भारदारहरु, कर्मचारीहरु, अभिनेताहरु अनि सारा नेपाली जनतामा अपील छ| (बैदेशिक हस्तक्षेप कम गर्न, आफु मिल्नु पर्यो नि, होइन र ? कुर्सि अनि परिवारबादलाई भुलौन हुन्न? सैनिकभाईहरु पनि हातहतियार रुपी ललिपपमा भुलिनु भएननि कसो ? कर्मचारीहरु पनि बक्सिसको पछि दौडिन भएन, होइन र?)

"अब त देश बनौ, संसार कहाँ बाट कहाँ पुगी सक्यो, हामी भने घडीको सुइ उल्टो घुमेको जसतै उल्टै घुमी रहेका छौ" हामीले गर्न नसक्ने त होइन नि? तर कृपया "देश बनाउन" आफ्नो सानो तिनो स्वार्थलाई छोड्न मिल्दैन र ?? "

ओहो, हिड्दा-हिड्दा मैले त घर पुगेको पतै पाएन, मेरो एक किलो बोसो नै पग्लेको जस्तो भो | एक दम थाकियो, मेरिज सेरिज़ भास्भुस भो, कस्तो नरमाइलो हो भन्दै बेला न कुबेला म रामदेव बाबाको योगा गर्न लागे!! (लामो सास लिनु शश्..............................)


Result of the Final Draw of 2010 FIFA WORLD CUP SOUTH AFRICA.



Click here for the complete 2010 FIFA WORLD CUP MATCH SCHEDULE