मलाई विश्वास छ, मेरो ब्लगले नेपालको समसामाहिक बिषयलाई छुदै, राम्रो कुराको प्रचार गर्छ अनि बिकृतिहरुलाई तपाईहरुको सामु सरल ढंगमा पर्दाफाश गर्दछ| "मेंन मीडिया" भन्दा अलि फरक, मेरै सैलिमा यो हो "सजिलो नेपाल ब्लग"[सजिलो नेपाल = नेपालमा जे कुरा पनि सजिलो तरिकाले होश भने आशामा] औनुस हामी दुबैमिली नेपालको बिकासमा हात मिलाउ..... धन्यवाद!!! सबस्क्रिईब गर्नुहोस RSS by Email



केहि समय अगाडी मैले "बनाना रिपब्लिक "को बारेमा लेखेको थिए | र अहिले नेपालको समाचार सुन्दा, हामी बन्दुकतन्त्र बाट धेरै टाडा छैनौ जस्तो लाग्दै छ | अहिले यो समयमा हामीले पार्टीहरुलाइ खबरदार गरेनौ भने भोलि हामी आफ्नो अस्थित्यो खोज्न कहाँ जाने?

म सानो हुदा, 'रामेश'को यो गीत एकदम मन पर्थ्यो, अहिले पनि म यो गीत यो सहारा लिएर यो लेख अगाडी बढौदै छु ... "हातमा कलम हुनेहरु, कलम लिएर उठ......केहि नहुनेहरु अवाज लिएर उठ"... म पनि आफ्नो अवाज लियर उठ्दै छु |

एदी तपाइले मेरो बनाना रिपब्लिक को लेख पढ्नु भयो भने, बुझ्नुभो होल, कसरि देशका जनतालाई एक अर्कामा लडाई (मार्दै), असान्ती, त्रास सिर्जना गरेर, हाम्रो देशको सम्पति, हाम्रो स्वतन्त्रता, सर्मभौमिकता लाई कुल्चेर " पापीले(देशी या बिदेशी)" आफ्नो स्वार्थको खेति गर्छन |

अहिले देशको हाल बेहाल छ, संसद चलेको छैन, माओबादीले आन्दोलनको सुरुवात गरेका छन् | अनि अरु दलहरु प्रतिकारमा उत्रिने भनेर भनेका छन्|

रक्षामन्त्री बाट शान्ति सम्जौताको संसोधन (खारेजी )को माग, प्रधानमन्त्री र अरु मन्त्रिहरुबाट संसदमा मार्शल लगाएर संसद चलाउने|

नारायणमान बिजुक्छे, रामसरण महत बाट खुलम खुल्ला रास्ट्रपति शासन लागु गर्नु पर्ने माग (एमरजेंनसी लगाउने)|

यो सबै घटना क्रमले हाम्रो देश एउटा नराम्रो समय बाट गुज्रिदै, भयंकर दुर्घटना तिरी मोडिदै छ जस्तो लाग्छ| यो समय हामीले देशलाई दुर्घटनाबाट जोगाउनु पर्छ | संसदको ढोका खोलि तेहा सम्बाद गर्नु पर्छ , सबैले लचकता देखाउनु पर्छ, नत्र भने भाबी पिडीको लागि नेपाल अहिलेको अफगानिस्थान, इराक , सुडान, सोमाल्लिया जस्तो हुन् जान्छ |


0 comments