नेपालमा र संसारमा भैरहेको घटनाको जानकारी, मेरो आफनै प्रस्तुति अनि सैलीमा! मेरो अवाज एउटा बलियो "लोकतन्त्र"को लागि, तपाइको साथ यो "लोकतन्त्रलाई" जोगाई रहनको लागि| यो हो सजिलोनेपाल ब्लग साथमा नेपाली भाषाको प्रथम VIDEO ब्लग, प्रगतिशील नेपाल VIDEO ब्लग|

My motive with help of this blog is to create an INTEREST among YOUTH to understand if not appreciate Politics, I would like to show why it's important for us to be aware of Political Situations around us and how it'll affect our lives. The risk of writing a BLIND CHECK to Politicians/or Policy (being Ignorant)is as dangerous as lighting a candle with a dynamite. My effort is to make you galvanize that HOLDING THEM ACCOUNTABLE (by speaking out/or understanding) will eventually make you and this world a better place to live. [Also we hope to be THE FIRST NEPALI VIDEO BLOG..COMING in JULY]
Subscribe गर्नुहोस RSS by Email

बुझ्न नसकेको कारण!!

Posted by प्रगतिशील | Friday, October 30, 2009

मेरो अघिलो ब्लगमा मैले भनेको थिए हाम्रो देश एउटा ठुलो दुर्घटनामा फस्न जादै छ, हामी नेपाली जनताको रगतको होलि खेलिन खोजिदै छ | सयौ बर्षको उपलब्धिलाई भुसे छाती र तिनका बूट र बन्दुकले दबौना खोजिदै छ |

आज जमर्को चल्यो, अरे बाबा आखिर किन येत्रो झमेला? किन कुरा नमिलेको ? तेस्तो कुरा मिल्न नसक्ने के नै कुरा हुन सक्छ र? तपाईहरु आफै टुंगो ल्गौनुस आखिर किन यो झगडा?

यदी अमेरिकाको मिलिटरी जेनेरलले राजनीति कुरा गर्दै हिडे के होला? के प्रेसिडेन्ट ओबामा, अमेरिकाको काँग्रेस चुप लगेर बस्छ? एउटा सैनिक आफ्नो जिम्बेवार पदलाई भुलेर , आफ्नो हाकिमले गर भनेको कुरालाई ठाडै उलंघन गर्छन भने तेस्तो सैनिकलै "कोर्ट मार्शल" हुन्छ कि हुदैन? [ तपाई आफ्नो जवाफ आफै संग सुरक्षित राख्नुस]

अब प्रसङ्ग मोडौ हाम्रो प्यारो देश नेपाल तिर| " प्यारा राष्ट्रपतिको कदमको" के यो संविधानिक थियो कि थिएन ?

माओबादी भन्छ, असंविधानिक छ, संविधानमा तेस्तो कुनै धारा छैन जसमा "राष्ट्रपतिलाई" तेस्तो शक्ति देको होश |

अरु पार्टीहरु भन्छन, "राष्ट्रपति "को कदम समय अनुकुल थियो, नत्र माओबादीले के के गर्थ्यो | तर उनीहरु घुमाउरो पारामा राष्ट्रपतिलाई संविधानले तेस्तो शक्ति नदिएको स्विकार्छन | नत्र "राष्ट्रपति को कदम समय हेरेर अनुकुल थियो, भने कुरा कहाँ बाट औछ? सिदा रुपमा कि संविधानमा छ कि छैन किन भन्न सक्दैनन्? अब यो रहस्यको उज्घार तपाई आफै गर्नु होला, हुन्न र?

अब आयो संसदको कुरा |
"राष्ट्रपतिको कदमको बिषयमा संसदमा कुरा गर्न नदिने"

अरे बाबा एस्तो कुरा संसदमा नगरे कहाँ गर्ने? तलको भट्टीमा? कि चिया पसलमा ? कि यो ब्लग मा?
राष्ट्रपति कुनै नियम, कानुन वा संविधान भन्दा ठुला त पकै होइन नि होइन र? कि हुन् पहिले का (वा फेरी हुने वाला) श्री ५ हुन् ?? [ मेरो आशंका = (एमेरजेंनसी )राष्ट्रपति शासन लगाई संविधान सभा तुहिआरा, २०४६ सालको संबिधान बुइताई श्री ५ को चरणमा पशुपतिनाथले रक्षा गर्ने कानुन लगाउने |]

तपाई आफै सोच्नुस, आफै बिस्लेशन गर्नुस, संसदमा के कुराहरु गर्ने त? किन माओबादीको कुराहरुको प्रतिकार अरुदल संसदबाट गर्न सक्दैन्? के उनीहरुमा आफु गलत भाको डर छ? संसदमा ज्यान गए कुरा गर्न दिन्न भनेर किन भने? संसदमा कुरा गर्दैमा के नै बिग्रिन्छ र?

यो समय हामीले यो कुरा बुझेनौ भने तलको तस्बिर हेर्नुस, त्यो पुल काठमाडौँ र ललितपुर जोड्ने हुन सक्छ, पोखराको के आइ सिंह पुल हुन सक्छ, भुइमा छरिएको गोलि देख्नु भो? हो अनि त्यो बन्दुक समाउने तपाइको-मेरो छोरा, भाई, दाई हुन सक्छन|




नेपालमा "जनताको सरकार चाहिन्छ" .....सैनिक शाशन होइन (न त नेपाल सेना न त बिद्रोही सेना)

ब्लग पढ्नु भो? अब आफै विचार गर्नुस, किन संसदमा कुरा गर्न नदेका होलान? संसदको के मतलब रहयो त ? मैले त बुझ्न सकिन तपाइले सक्नु भो कि? मलाई भनु होला ल?

2 comments
  1. Ashesh October 31, 2009 3:53 AM  

    हामी लाचार छौँ यस्ता कुराहरूमा । हाम्रो मुख छ तर खै हामीले भनेर केही हुने रछ र?
    चुपचाप चर्तिकला हेर्यो वस्यो ।

  2. Anonymous October 31, 2009 5:55 PM  

    agree with ashesh!