नेपालमा र संसारमा भैरहेको घटनाको जानकारी, मेरो आफनै प्रस्तुति अनि सैलीमा! मेरो अवाज एउटा बलियो "लोकतन्त्र"को लागि, तपाइको साथ यो "लोकतन्त्रलाई" जोगाई रहनको लागि| यो हो सजिलोनेपाल ब्लग साथमा नेपाली भाषाको प्रथम VIDEO ब्लग, प्रगतिशील नेपाल VIDEO ब्लग|

My motive with help of this blog is to create an INTEREST among YOUTH to understand if not appreciate Politics, I would like to show why it's important for us to be aware of Political Situations around us and how it'll affect our lives. The risk of writing a BLIND CHECK to Politicians/or Policy (being Ignorant)is as dangerous as lighting a candle with a dynamite. My effort is to make you galvanize that HOLDING THEM ACCOUNTABLE (by speaking out/or understanding) will eventually make you and this world a better place to live. [Also we hope to be THE FIRST NEPALI VIDEO BLOG..COMING in JULY]
Subscribe गर्नुहोस RSS by Email

अर्थशास्त्र वा भनु इकोनोमिक्समा "मोनोपोली(Monopoly)" भन्नाले, एउटा बजारमा जम्मा एक जना मात्र "बिक्रेता" | जस्तै काठमाडौँ को बजारमा एक जना मात्र "तेल" ब्यापारी छन् भने, त्यो बजारमा उसको Monopoly चल्छ, उसले भनेको भाउमा उसले तेल बिक्रि गर्छ (सरकारले हेरेन भने मनपरी गर्न सक्छ)| तेस्तै , मोनोपोसोनी(Monopsony) भन्नाले जम्मा एक जना मात्र खरिदकर्ता, यो बजारमा खरिदकर्ताको बोलबाला चल्छ, दसैँ सकेको १ हप्ता पछि च्यांग्रा बजारमा जादा तपैले भनेको भाउमा च्यांग्रा पाउनु हुन्छ होइन त?

तपाइको मनमा पर्न सक्छ, अब कसरी यी कुराहरुले हामीलाई स्वन्तन्त्र बनाउछ, औनुस यी कुराहरु केलाउ!

हाम्रो देशको विशेष-आयात (import) हेर्दा १. पेट्रोलियम पदार्थ (~१८%) २. Industrial सरसामान (सिमेन्ट, मल(Fertilizers) आदि-इत्यादी ) (~३०%) ३. मसिनरी (~१२%) | [%=सम्पूर्ण आयातको प्रतिसद %)] | अनि हाम्रो सबैभन्दा ठुलो आर्थिक पार्टनर भारत, आयात ~ ६०%(~$2Billion) , निर्यात ~ ७०%(~$०.६ Billion) |

जब हाम्रो देशको TRADE भारतमा यति निर्भर छ, हामी चाहेर पनि स्वतन्त्र हुन सक्देनौ | अहिले देखि हाल्नु भो , हाम्रो देशमा सरकार उनीहरुको आशिर्बाद बिना बन्दै बन्दैन| चाहे काले,माले,भाले,पाले जसलाई पनि भारतको आशिर्बाद नभई केहि डेग चल्दैन|
कसरी भारतले हाम्रो देशका नेताहरुलाई कठपुतली जस्तै नचाई रहेका छन् त ?
--पहिलो कुरो त हाम्रो देशका केहि नेता र केहि सरकारका कामदारहरु (बुएरोक्रेट, पुलिस अनि आर्मी), लोभी-पापी छन् , दुर्दरसी छैनन् र पैसामा आफ्नो इमान, अनि देशलाई बेच्न तयार छन् |
--दोस्रो कुरा, हामी उनीहरुमा यति निर्भर छौ, उनिहरुले चाहे हाम्रो देशको "economy"डामाडोल हुन्छ | (fertilizer निर्यातमा कठिनाई, पेट्रोल बन्द गर्दाको सास्ती त सबैले भोगेकै हो...इत्यादी !!)
--अनि हामी आफैमा हामीलाई लडाऊ छन् , कहिले मिल्न दिदैन (ब्रिटिशबाट सिकेका हुन् , "Divide and Conquer ' गल्ति हाम्रो पनि छ, मिल्न नसक्नेमा | "धमिलो पानीमा माछा मार्ने के" , हामीलाई लडाउने, विकास हुन नदिने, अनि उनिहरुमा निर्भर पर्ने अनि राज गर्ने |

अर्को कुरा आउछ, भारतले कसरी हामीलाई अर्ध-उपनिवेश बनाउन सक्यो? २०४५ सालमा नेपालमा भारतले नाकाबन्दी लागको बिर्सिनु भो?अनि २०४६ सालमा राजा वीरेन्द्रले, बरु आफ्नै देशबासी संग झुक्नु ठिक भनेर, बहुदल आको होकी होइन? अनि माओबादी सरकारमा हुदा, पेट्रोलको हाहाकारी, बिकस्नोमुख बस्तुहरु (सिमेन्ट, फेर्तिलिज़ेर, फलामे डन्डी)मा अर्ध-रोक लगाको कसले? अनि नेपालबाट भारत निर्यात हुने प्रेमियम लुगाहरुमा(John Player आदि इत्यादी ) MRP मा ४% अति कर (Protectionism Tariff ) लगार नेपाली बस्तुहरुलाई भारतमा टिक्न गारो परेको होइन ?(Tariff COST PRICE मा लाग्छ, MRP मा होइन, हामीलाई कस्तो हेपेको हेर्नुस त!!) | अब यी सबै "Economic Arm Twisting " को प्रयोग गरेर नेपाललाई भारतले अर्ध-उपनिवेस बनाको छ | (सुन्छु सदुर्पुगी सन्धि भन्दै, उसको देशको पुलिसलाई नेपालमा कुनै रोक तोक नलाग्ने सन्धि हुदैछ रे, अनि त भारतीय प्रहरी नेपालमा जहिले पनि औना सक्छन, जे पनि गर्न सक्छन) [अब यो पाउन कति Arm Twisting गर्न पर्छ होला ?]

(के तपाइलाई थाहा छ, नेपालको २५वटा जिल्लामा "Pension Camp' को नकाबमा, भारतीय सैनिकको कर्नेलको (Colonel ) कमाण्डमा Camp हरु छन् , जसले नेपालभरी निगरानी रक्छ, अनि खुफिया कार्य पनि गर्न सक्छ - पुर्व प्रधानमन्त्री सुर्य बहादुर थापालाई धन्यवाद दिनुस ल, उहाको कृपा हो बहुदल आए पछिको घटना हो यो)

यदी, नेपालको विकास भए , आफैमा आत्मा निर्भर भए, कसले हेप्न सक्छ र? यो हुनलाई हाम्रो देशमा ठुला ठुला INDUSTRY हरु हुनु जरुरी छ, तर यो हासिल कसरी गर्ने? हामीले भाको INDUSTRY हरुलाई बन्द गरेको होइन? (बाँसबारी छाला जुत्ता, सिमेन्ट कारखाना (अहिलेको भारतको सिमेन्ट नेपालमा प्याकिंग मात्र हो), स्टील कारखाना खोइ?)!
हो गारो छ, तर असम्भव भने छैन, यदी नेपालमा "political stability " मात्र भए नेपालमा लगानी गर्ने आउने छन् , अनि बिस्तारै बिस्तारै हामी आफै आत्मा निर्भर हुन्छौ | जल बिद्युत योजनाको त के कुरा, ठुला ठुला भन्दा(ठुला गर्न कसले पैसा दिने?, कसले विश्वास गर्छ अहिले नै?) , साना हाम्रै लगानीमा बनौ अनि बिस्तरी बिस्तरी विकास गरे कसो होला?

यो Economy monopoly र monopsony लाई कम गर्दै जौ, अनि मात्र हामी स्वतन्त्र हुन्छौ |

China कार्ड खेलेर कसैको फाइदा हुदैन, नेपालको साचिकै विकास अनि स्वत्रन्त्रता त , उन्नति-विकास गरे उपलव्दी भै-हालिन्छ नि !

Food for Thought : तपाई नेपालको त्रिभुवन एरपोर्टमा लैंड गर्दै हुनु हुन्छ, RADAR कहाँ छ ध्यान गर्नु भाको छ? बैज्ञानिक अनि लोजिकल कुराहो RADAR अलि उच स्थानमा हुनु पर्ने, तेसैले पहाडको टुप्पोमा नभएर किन काठमाडौँको खाल्डोमा छ?? (उतर मलाई थाहा छैन, तर सुनेको, भारतको बिरोध थियो रे , किन के मलाई थाहा छैन )

Data Source : CIA Fact Sheet (२००८)

0 comments