नेपालमा र संसारमा भैरहेको घटनाको जानकारी, मेरो आफनै प्रस्तुति अनि सैलीमा! मेरो अवाज एउटा बलियो "लोकतन्त्र"को लागि, तपाइको साथ यो "लोकतन्त्रलाई" जोगाई रहनको लागि| यो हो सजिलोनेपाल ब्लग साथमा नेपाली भाषाको प्रथम VIDEO ब्लग, प्रगतिशील नेपाल VIDEO ब्लग|

My motive with help of this blog is to create an INTEREST among YOUTH to understand if not appreciate Politics, I would like to show why it's important for us to be aware of Political Situations around us and how it'll affect our lives. The risk of writing a BLIND CHECK to Politicians/or Policy (being Ignorant)is as dangerous as lighting a candle with a dynamite. My effort is to make you galvanize that HOLDING THEM ACCOUNTABLE (by speaking out/or understanding) will eventually make you and this world a better place to live. [Also we hope to be THE FIRST NEPALI VIDEO BLOG..COMING in JULY]
Subscribe गर्नुहोस RSS by Email

१. ओ भाई, ब्लग किन अपडेट नगरेको?
उत्तर: समयको बेफुर्सितिले !
२. गफ किन चुटेको ?
उत्तर: ल, ल बितृष्णा लगेर|
३. के कुराको ?
उत्तर: नेपाली राजनीतिको |
४. खेलकुदको बारेमा लेख न त !
उत्तर: बंगलादेशमा जन्ती गएर, एक आपसमा मुका हानाहान गरे , नेपालमै बोतल र ढुंगा हानाहान गरे लेखन अटेको मन लागेन |
५. तेसो भए के गर्छौ त , यो बितृष्णा हटाउन?
उत्तर: खोई थाछैन |
६. जुक्ति दिऊ ?
उत्तर: अबस्य |
७. समस्या देखाउनु भन्दा पनि , समस्याको समाधान प्रति ध्यान देउ, हुन्न र ?
उत्तर: कुरा ठिक हो |
८. देशलाई के को कमी छ , के कसरी कुरो मिलौना सकिन्छ लेखन |
उत्तर: सहि विचार |
९. देश, जनतालाई टुक्राई, लडाई, डर त्रास देखाई हैकम गर्न खोज्नेको भण्डाफोर गर |
उत्तर: सकिन्छ र ?
१०. गर्न नसक्ने कुरै के छ र ?
उत्तर: हो , एउटा सुन्दर विकाशील अनि शान्त नेपालको परिकल्पना गर्दै एक दुइ हरफ कोर्छु |

यदी, हामी क्रियाशील भयेनौ भने, बैरीले सजिलै बाजी मर्छ | हामी जीवनको जुनै पाटोमा छरिएर बसेपनि , जुनै मोर्चामा अग्रशील भए पनि, हरेस खानु हुन्न !! आ-आफ्नो तवरले अग्रशील हुनु पर्छ, २० को १९ भए पनि त्यो प्रगतिको बाटो हो | समय चक्रले कसलाई पर्खदैना, कसैले रोक्न सक्दैन तेसैले हामीले हामी संग भएको बिचारलाई अरुको माझ लेराउनु पर्छ, "मैले गरेर के नै हुन्छ ?" भनेर सोच्यो भने, बिकासको घडीलाई कसरी अगी बढाउने ?

नया सोचलाई प्रोत्साहन गरौ , किन भने संसारमा भएका नया नया अन्वेसन, अनुसन्धान, आविस्कार त्यो नया सोचैले नै भएको हो, तेसैले आफु भित्रको त्यो ज्योतिलाई कहिले निभ्न नदिनुस् | देशको बारेमा सोच्नुस , कसरी तपाई आफ्नो देश अनि संसारको प्रगतिमा लग्न सक्नुहुन्छ सोच्नुस अनि त्यो बाटोमा लाग्नुस् |सोच्नुनै पहिलो बाटो हो , त्यो प्रगतिशील बाटो हो!

"नेताहरु सबै चोर हुन् ", "सबै घुस्या छन् नेपाल सरकारमा " आदि इत्यादी कुरालाई अर्को दृष्टिकोण बाट हेर्नुस | तपाई के गरेर , सानो भन्दा सानो कुरामा परिवर्तन लेरौन सक्नुहन्छ त्यो हेर्नुस | हो म नेपालको घुसखोरी बन्द गर्न सक्दिन, चोर नेतालाई कारबाई गर्न सक्दिन| गर्न सक्छु त, राम्रो नेताहरु कसरी उत्पादन गर्न सकिन्छ , के कारणले गुस तन्त्र छायो नेपालमा अनि कसरी येस्लाई निउनिकरण गर्न सकिन्छ भनेर आफ्नो विचार राख्न सक्छु !!

२० बाट १९.९९ मा लेराउने प्रयास हो यो मेरो....तपाईहरु सबैको साथ पाए २० बाट १९ मा झारुला नि हुन्न र?

2 comments
  1. Anonymous March 3, 2010 5:16 PM  

    nicee.. short n sweet

  2. Finomist March 4, 2010 9:19 PM  

    Thanks!!