नेपालमा र संसारमा भैरहेको घटनाको जानकारी, मेरो आफनै प्रस्तुति अनि सैलीमा! मेरो अवाज एउटा बलियो "लोकतन्त्र"को लागि, तपाइको साथ यो "लोकतन्त्रलाई" जोगाई रहनको लागि| यो हो सजिलोनेपाल ब्लग साथमा नेपाली भाषाको प्रथम VIDEO ब्लग, प्रगतिशील नेपाल VIDEO ब्लग|

My motive with help of this blog is to create an INTEREST among YOUTH to understand if not appreciate Politics, I would like to show why it's important for us to be aware of Political Situations around us and how it'll affect our lives. The risk of writing a BLIND CHECK to Politicians/or Policy (being Ignorant)is as dangerous as lighting a candle with a dynamite. My effort is to make you galvanize that HOLDING THEM ACCOUNTABLE (by speaking out/or understanding) will eventually make you and this world a better place to live. [Also we hope to be THE FIRST NEPALI VIDEO BLOG..COMING in JULY]
Subscribe गर्नुहोस RSS by Email


"मैले चिनेको श्यामप्रसाद शर्मा"

एकैछिन भुत तिर भुलिउ, अब बर्तमानलाई केलाउ, अनि अब भाबिस्यलाई नियालौ | के देखौ त हामीले ? "संगर्ष" , '९०सालमा बजे बराजुलेहरुले गर्नुभो, ३६/४६सालमा बुवाहरुले गर्नुभो अनि ६२/६३ मा हामीले गरेउ | अनि भविस्य? हाम्रा सन्ततिले गर्नेछन, किन भने "असत्य" छ भने त्यहाँ "सत्य" हुन्छ हुन्छ, "दमनकारी" हुन्छन भने त्यहाँ "संगर्षकारी" पनि हुन्छन | यो प्रकृतिको नियम हो, तर जहिले पनि "सत्य"को जित हुन्छ, केहि छिन् गलेको, थाकेको देखिन सक्छ तर अन्त्यमा जित सत्यको नै हुन्छ |

यो संगर्षमा मेरो सहभागिता अलि पुरानै छ, म जन्मिनु भन्दा अगाडिको हो कि? (हो, मलाई गर्भमा बोक्ने आमालाई सोध्नु छ), किन भने मैले सम्झिने भए देखि नै म निरन्तर "तानाशाहहरुको" विरुद्ध संगर्षमा लागेको हु | नेपालको प्रथम राजनीति दलका संस्थापक "खड्गमान सिंह बस्नेत" अनि त्यो बेलाको भूमिगत प्रगतिशील लेखक"श्याम प्रसाद शर्मा"( जसलाई मायाले काका भनिन्थ्यो) को बिचको लुकी छिपी पत्राचारको एउटा मध्यम मेरो आमा र त्यो बेला आमाको हात समातेर टुकु टुकु हिड्ने म थिए | हामीले कयौं हाते चिठी यता बाट उता अनि उता बाट यता गरौ | म अबुझ बालक ५-६ वर्षको उमेरमा कसरी संगर्ष गरेउ भनेर सोच्नुभाको ? अहिले त ठुलो भए, काकाभने मान्छे मेरो आफ्नो हजुरबुवा भनेर चिने, कसरी बैचारिक युध गर्नु पर्छ भनेर मैले यी योद्धाहरु बाट सिक्ने मौका पाए, जानेर वा नजानेर त्यो बेला देखि बैचारिक संगर्षमा मैले पाइला चलाई सकेको थिए |

जसरी "तानाशाह" घटेर "अर्ध-तानाशाह" अनि बिस्तारै हाम्रो सरकार "लुटतन्त्र" तिर लम्किदै थियो, तेसरिनै श्यामप्रसाद शर्मा भूमिगतबाट, अर्ध-भूमिगत हुदै फेरी खुला समाजमा आउनु भयो| जसरी नेताहरुले जनताको नाममा खेति गर्दै छेपारो जस्तै रुप अनि पजेरो बदल्न थाले, तर श्यामप्रसाद त्यो बेलामा पनि र अहिले पनि प्रगतिशील लेखक रही रहनु भयो र हुनुहुन्छ | हो येही बेलामा मैले उहाँलाई राम्ररी चिन्ने मौका पाए, "असत्य"को विरुद्ध कसरी बैचारिक लडाई लड्नु पर्छ भनेर मैले सिके | जनताको अवाज एकदमै शक्तिसाली हुन्छ भन्ने बुझे अनि पत्रकार भनेका लोकतन्त्रका पहरेदार हुन् भन्ने थाहा पाए, अनि उहाँको यो पहरेदारी अजै जारी छ भन्ने पत्र-पत्रिकामा र मेरो +२को किताबमा पढ्ने मौका पाए|

यदि तपाई सोच्दै हुनुहुन्छ, आफ्नो हजुरबुवालाई पनि किन नामले सम्बोधन गरेको भनेर | किन भने आज म नाती भएर होइन, उहाँको प्रसंसक भएर यो लेख लेख्दै छु | अमेरिकी प्रगतिशील इतिहासकार Howard Zinn ले भनेका थिए, हामी मानिस बिरोध/ संगर्ष गर्न हिच्किचौछौ किन भने, हामी हाम्रो जागिरको बारेमा सोच्छौ, अरुले के भन्ला भनेर सोच्छौ, पुलिसले समौलाकी सोच्छौ , यो डर मनबाट हटाउनु पर्छ, अनि पछिमात्र हामीले "जनताको" अवाज बन सक्छौ, उनीहरुको अधिकारको लागि अवाज निकाल्न सक्छौ | उनको यो कुरा मैले जब एउटा वित्रचित्रमा हेरे, मेरो मुहारमा मुस्कान आयो किन भने मैले एउटा यस्तो मान्छेलाई नजिकबाट चिनेको छु जो Howard Zinn ले चिताएका जस्तै | जनताको लागि अवाज उठाउने, जनताको लागि निस्वार्थ आफ्नो जीवन दिने, मैले भनि रहनु पर्दैन होला उनी को हुन् भनेर | यो येही कुराले गर्दा उहाँ मेरो आदर्श पनि हुनुहुन्छ, मलाई डर छैन आफ्नो अवाज उठाउनलाई, मलाई लाखौको सम्पति भन्दा लाखौको माया प्यारो लाग्दछ | अनि तेसैले देश, जनता, समाज अनि यो संसारको लागि केहि राम्रो गरौ भने मेरो निस्वार्थ भावना छ, अनि यो भावनामा बल दिने अनि यो मेरो मनमा भएको "पालुवा"लाई राम्ररी हुर्कन दिनुमा उहाँ संग नजिकै बिताएका दिनहरुको ठुलो हात छ |

भेटेका उहाँका साथीहरु मध्ये, मेरो जीवनमा घत पर्ने गरी छाप छोड्ने उहाँको एकजना साथी हुन्थ्यो | ठ्याक नाम याद आएँन तर नाम भन्दा पनि उहाँको कुरा गर्छु| उहाँलाई मैले मेरो घरमा भेटेको थिए, यदि घर बाहिर भेटेको भए "माग्ने" सम्झिनथिए होला, मैलो च्यातेको लुगा , भखर काटेको हरियो लौरी अनि ठुस्स गनौन्ने जिऊ | म घरमा छिर्दा, आनन्दले बैठक कोठाको भुइको गलैचामा सुति रहनु भएको, आमाले हजुरबुवाको साथी भन्नु भो | एकै छिन् पछि उहाँ बिउझिनु भो, हाम्रो चिन जान भो, कुरा बढदै गयो |आमाले उहाँलाई दुध र बिस्कुट दिनु भयो, अनि बिस्तारै उहाँ दार्शनिक कुराहरु गर्न लग्नु भयो, देशको , समाजको कुरा चल्यो अनि उहाँ प्रति मेरो सम्मान झन् झन् धेरै बढ्दै गयो | उहाँलाई हेर्छु अनि घुसिया नेताहरुलाई सम्झान्थिये अनि बिरक्त लाग्थ्यो, तेही पनि उहाँ भन्दै हुनुहुन्थ्यो "जनताको अधिकारको लागि संगर्ष आजीवन चल्यो |" उहाँलाई दुई छाक गर्न गरो छ, तेही पनि कस्तो आशाबादी व्यक्ति, क्या निस्वार्थ देश अनि जनताको सेवाको बारेमा सोच्ने विद्वान, म त उहाँको व्यक्तित्व देखि प्रभावित भए | सानै हुँदा यो देखेको अनि उहाँ संग अन्तरक्रिया गरेको हुनाले मैले पनि देशको लागि केहि गर्नु पर्छ भने मेरो भित्र ठुलो ज्वाला छ |

तानाशाहहरु "बैचारिक ब्यक्तित्वो"हरु संग किन डराउ छन् ? किन भने तानाशाहहरु संग बैचारिक युध गर्ने छ्यमता हुदैन , उनीहरु केवल बन्दुकको भरमा सासन गर्न सक्छन | सैनिक सासन लगाउने बेला सबैभन्दा पहिलो आक्रमण "प्रेस"माथि हुन्छ, किन? किन भने अवाज संग थर-थर हुन्छन यिनीहरु, सत्यको सामना गर्न सक्दैन यिनीहरु| दमनकारीहरुपनि कलमको सहयेता लिन्छन, तेस्लाई प्रोपोगान्डा भनिन्छ, तर त्यो असत्य एक न एक दिन टुट्छ अनि सत्य घाम जस्तो छर्लंग हुन्छ | कलम साचिकै तरवार भन्दा बलियो हुन्छ, यो कुरा मैले श्यामप्रसादबाट सिकेको हु, अनि बन्दुकले जित्न नसकेको लडाईहरु कलमले जित्छ | अनि त्यो कलमले लेराएको शान्ति दिगो हुन्छ, किन भने पत्रकार भनेका प्रजातन्त्रका पहरेदार हुन्, उनीहरुले सत्यको लडाई आफ्नो कलम बाट लड्छन अनि सरकार, समाजलाई आफ्नो शक्तिको दुरुपयोग गर्न बाट बचौछंन| जुन देशमा बलियो "प्रेस"स्वतन्त्रता छैन त्यो देशमा दिगो शान्ति छैन, जुन देशमा छ त्यो देशका जनता शान्त, स्वतन्त्र र सुखी जीवन बितौछंन !

उहाँ हामी संगै बस्नु हुन्थ्यो र हुन्छ,म नेपालमा हुँदा उहाँले हाम्रो घरमा दिनहु घटीमा ७ वटा जस्तो दैनिकी अनि साप्ताहिक पात्र पत्रिकाहरु लेरौनु हुन्थ्यो , कुनै प्रगतिशी कुनै दक्षिणपन्थी पात्र पत्रिका | हरेक दिन मैले हरेक पत्रिकाको यता बाट उता नपढेको दिनै हुदैन थियो | श्यामप्रसाद संग मेरो कहिले राजनीति दर्शनको बारेमा कुरा भएन तर उहाँ मलाई आफुले लेख्नु भएको किताबहरु पढ्न दिनु हुन्थ्यो | ति पात्र पत्रिकाहरु अनि ति किताबहरुको अध्यनले नै मेरो राजनीति प्रति चाख बढायो अनि तेस्को बिस्लेसन्ले मेरो राजनीति सोच | उहाँ पत्रकार वा लेखक मात्र हुनुहुन्न , उहाँ एक राजनीति सजक व्यक्ति पनि हुनुहुन्छ| सजिलो भाषा अनि सैलिमा एकदम गहन बिषय प्रस्तुत गर्न सक्ने उहाँको खुबी हो, लैंगिक तथा जातिय भेदभाव बिरुद्ध धेरै बिरोधका शब्द लेख्नुभो| उहाँको येही प्रगतिशील सोचले गर्दानै होला उहाँले "प्रगतिशील लेखक संगको" नेतृत्व पनि गर्नु भयो |

पहिले उहाँ शुक्रबार-शुक्रबार प्रगतिशील लेखक संगको (प्रलेस) गोस्ठीमा जानु हुन्थियो | अहिले येसो विचार गर्छु, अहिलेपनि "प्रलेस"को साप्ताहिक गोष्ठीको लागि हिड्नु हुन्छ होला | काठमाडौँको हुलमुलमा कतिलेनै चिन्लान र होइन ? तर चिन्नेले आदरले नमस्कार गर्छन होला, तेही बाटो टाई टूई, टाई टूई गर्दै जाने हाम्रा गुस्या प्रधानमन्त्रिले उहाँलाई देखे भने पकै पनि लाजले शिर निहुरौदै उहाँको आँखा छल्न खोज्छन होला, तर श्यामप्रसाद शर्मा आफ्नो शिर ठाडो अनि छाती सिदा परी आफ्नो गन्तब्य तिर लम्कनु हुन्छ होला |

म कता लम्किन्छु नि भनेर सोध्नु भाको ? भुल्नु भोकी केहो ? मैले सुरुमै भनेको होइन मैले त यो पथ सानै देखीनै हिड्दै छु :-)



 श्यामप्रसाद शर्माको बारेमा अरु जान्न मन छ भने:http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=17856

1 comments
  1. Lok Bahadur Thapa November 16, 2011 9:55 PM  

    nice...